PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

बंगबन्धु कबड्डी: नेपाल इराकसँग झिनो अन्तरले पराजित



पहिलोपोस्ट

बंगबन्धु कबड्डी: नेपाल इराकसँग झिनो अन्तरले पराजित
इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दै नेपाली टोली (निलो)। फाइल फोटो: राखेप

काठमाडौं: बंगलादेशमा जारी बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाली टोली पराजित बनेको छ। आज ढाकामा सम्पन्न खेलमा नेपाल इराकसँग ३३-३२ अन्तरले पराजित भएको हो। प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिमसम्म नेपालले कडा चुनौती प्रस्तुत गरेको थियो।

पहिलो खेलमा इन्डोनेसियामाथि ४७-१८ को फराकिलो जित निकालेको नेपालले इराकसँग साँघुरो हार ब्यहोरेको हो। नेपालले अर्को खेलमा भोली केन्यासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितमा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह 'ए' मा बंगलादेश, श्रीलंका, मलेसिया र इङ्ग्ल्याण्ड छन् भने समूह 'बी' मा केन्या, नेपाल, इन्डोनेसिया र इराक छन्। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell