PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

अभिनेत्री करिश्मा मानन्धर मंगलबार एमाले प्रवेश गर्दै



पहिलोपोस्ट

अभिनेत्री करिश्मा मानन्धर मंगलबार एमाले प्रवेश गर्दै
फाइल फोटो

काठमाडौँः अभिनेत्री करिश्मा मानन्धर मंगलबार एमाले प्रवेश गर्ने भएकी छिन्। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टी कार्यालयमा आयोजना हुने कार्यक्रममा मानन्धर प्रवेश गर्ने बताए। 

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालमा कुनै बेला सक्रिय रहेकी करिश्मा पछिल्लो समय राजनीतिमा निष्क्रिय छिन्। 

मंगलबारको कार्यक्रममा समाजवादी जनता पार्टी पनि एमालेमा समाहित हुन लागेको स्रोतले बतायो। पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा रहेको उक्त पार्टी एमालेमा विलय हुन लागेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell