PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

साफ यू १८ महिला च्याम्पियनसिप: भारतसँगको हारसँगै नेपाल लगातार तेस्रो खेलमा पराजित



पहिलोपोस्ट

साफ यू १८ महिला च्याम्पियनसिप: भारतसँगको हारसँगै नेपाल लगातार तेस्रो खेलमा पराजित
Photo: Indian Football Team

काठमाडौं: साफ यू १८ महिला च्याम्पियनसिपमा आज सम्पन्न खेलमा नेपालले भारतसँग पराजय ब्यहोरेको छ। भारतको जम्सेदपुरमा सम्पन्न खेलमा नेपाल ५-१ गोलअन्तरले पराजित भएको हो।

खेलको १६ औं मिनेटमै हेमम सिल्की देवीको गोलमा अग्रता बनाएको भारतका लागि दोस्रो गोल २३ औं मिनेटमा लिण्डा कोमले गरिन्। त्यस्तै ३२ औं मिनेटमा फेरि कोमले नै गोल थप्दा पहिलो हाफमा भारत तीन गोलले अघि रह्यो।

दोस्रो हाफमा पनि गोल गर्ने क्रमलाई भारतीय टोलीले निरन्तरता दियो। ५६ औं मिनेटमा अनिता कुमारीले २५ यार्डभन्दा परबाट गोल गर्दा ६२ औं मिनेटमा लिण्डा कोमले फेरि गोल थप्दै ह्याट्रिक पुरा गरिन्। नेपालका लागि सदीपा भोलानले ७९ औं मिनेटमा सान्त्वना गोल फर्काइन्। र, खेल भारतले ५-१ ले आफ्नो पक्षमा पार्‍यो।

जितसँगै तीन खेलमा शतप्रतिशत जित निकालेर भारत शीर्ष स्थानमा छ भने नेपालले लगातार तीन खेलमा पराजय ब्यहोरेको छ। नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ७-० को पराजय ब्यहोरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ४-२ को हार ब्यहोरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell