PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

एथलेटिक्स टोली आज भारत जाने



पहिलोपोस्ट

एथलेटिक्स टोली आज भारत जाने
दक्षिण एसियाली क्रस कन्ट्री एथलेटिक्समा भाग लिने नेपाली टोली बिदाइपछि सामूहिक तस्वीर खिचाउँदै। तस्बिर: राखेप

काठमाडौं: दक्षिण एसियाली क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली आज भारतको नागाल्यान्ड जाँदैछन्।

चैत १२ गते हुने प्रतियोगितामा नेपालबाट सिनियरमा ३–३ तथा जुनियरमा ३–३ पुरुष/महिला गरी १२ खेलाडी सहभागी हुने छन्।

सिनियरको पुरुषमा मुकेशबहादुर पाल, सन्तोषनाथ योगी र सन्तोषविक्रम विष्ट तथा महिलामा राजपुरा पछाईं, फुलमति राना र बन्दना बुढा रहेका छन्। उनीहरुले १० किलोमिटर दूरीमा व्यक्तिगत र टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन्।

जुनियरको पुरुषमा बादल कार्की, अतुल गोरिया र दीपेन्द्र बोहरा तथा महिलामा समिता बुढा, राममाया कार्की र विमला कार्की छन्। खेलाडीले टिम र व्यक्तिगत स्पर्धामा खेल्ने छन्। पुरुषको ८ किलोमिटर र महिलाको ६ किलोमिटर दूरीमा खेल हुनेछ।

अफिसियलमा नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट र प्रशिक्षकमा कान्ती यादव छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell