PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

नेपाली क्रिकेट टोलीले आज पपुवा न्युगिनीको सामना गर्ने



पहिलोपोस्ट

नेपाली क्रिकेट टोलीले आज पपुवा न्युगिनीको सामना गर्ने
फाइल फोटो: आईसीसी

काठमाडौं: विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले आज पपुवा न्युगिनीको सामना गर्दैछ। यूएईस्थित दुबई इन्टरनेशनल क्रिकेट मैदानमा हुने खेलमा नेपालले मध्यान्ह सवा ११ बजे पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ।

जारी सिरिजमा नेपालले जितेको एकमात्र खेल पपुवा न्युगिनीविरुद्धको हो। त्यसयता नेपालले दुई पटक यूएईसँग पराजय ब्यहोरेको छ भने पपुवा न्युगिनीले बलियो युएईलाई हराउँदै लिग तालिकामा खाता खोलेको छ। एकदिवसीयमा यी दुई टोलीको इतिहास हेर्दा नेपाल पूर्णत हावी भएको देखिन्छ। पछिल्ला तीनवटा खेलमा सबै नेपालले आफ्नो पक्षमा पारेको छ। जारी सिरिजमै नेपालले आफ्नो पहिलो खेलमायूएईस्थित शारजाह क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले पीएनजीमाथि २ विकेटको जित निकालेको थियो।

टस जितेर ब्याटिङमा उत्रिएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गर्न सफल भएको थियो।

सात देश सम्मिलित लिग २ मा २८ खेलबाट ३६ अंक जोडेको ओमन शीर्षस्थानमा छ भने १८ खेलबाट २२ अंक जोडेको यूएई दोस्रो स्थानमा छ। त्यस्तै क्रमश १६, १४ र १४ अंक जोडेका स्कटल्याण्ड, अमेरिका र नामिबिया तेस्रो चौथो र पाँचौं स्थानमा छन्। नेपाल भने ११ खेलबाट १० अंक जोड्दै छैटौं स्थानमा रहँदा १५ खेलबाट २ अंक जोडेको पपुवान्युगिनी तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell