PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

बंगबन्धु कबड्डी: केन्यालाई हराएर सेमिफाइनल पुग्ने लक्ष्यमा नेपाल



पहिलोपोस्ट

बंगबन्धु कबड्डी: केन्यालाई हराएर सेमिफाइनल पुग्ने लक्ष्यमा नेपाल
इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दै नेपाली टोली (निलो)। फाइल फोटो: राखेप

काठमाडौं: बंगलादेशमा जारी बंगबन्धु कप २०२२ कबड्डी च्याम्पियनसिपमा नेपालले आज केन्याको सामना गर्दैछ। नेपालले साँझ पौने छ बजे केन्यासँग प्रतिस्पर्धा गर्नेछ। आजको खेलमा जित निकाल्न सके नेपालले सेमिफाइनलको यात्रा तय गर्नेछ भने पराजय ब्यहोरेको खण्डमा पनि समीकरण भने बाँकी रहनेछ।

नेपालले पहिलो खेलमा इन्डोनेसियालाई ४७-१८ को फराकिलो अन्तरले हराउँदै सुखद सुरुवात गरेको थियो भने प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा अन्तिम समयमा आएर ३३-३२ को पराजय ब्यहोर्न पुगेको थियो।

प्रतियोगितमा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह 'ए' मा बंगलादेश, श्रीलंका, मलेसिया र इङ्ग्ल्याण्ड छन् भने समूह 'बी' मा केन्या, नेपाल, इन्डोनेसिया र इराक छन्। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell