PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बुझ्नु भो नि... चुनाव लागेछ !



पहिलोपोस्ट

बुझ्नु भो नि... चुनाव लागेछ !
प्रतीकात्मक तस्बिर

  • सुवाषचन्द्र देवकोटा -

नेताज्यू - १
नेताज्यू सपरिवार गाउँ फिर्नु'भो
बिहानै घरघर पुगेर
वृद्धा, वृद्धा बा-आमाको पाउ छुनु'भो
बितेका आफन्तीको स्मरणमा 
आशु झार्नु भो 
अब तपाईँले बुझ्नु भो नि
गाउँमा चुनाव आएछ !
+++
नेताज्यू - २
लावा लस्कर लगाएर नेताज्यू गाउँ पस्नु'भो 
सडक बनाउने, रेल कुदाउने सपना बाँड्नु'भो
आकास पातल जोड्ने योजना सुनाउनु'भो
साना नानीहरुलाई कपि, कलम, झोला बाड्नु भो
अब तपाईले बुझ्नु भो नि
गाउँमा चुनाव आएछ !
+++
नेताज्यू - ३
धुलो उडाउदै नेताज्यू गाउँ पस्नु'भो
छापावाल ह्याट र टि सर्ट बाँड्नु'भो
गाउँगाउँमा भोज-भतेर चलाउनु'भो
भट्टीलाई रातभर खुला गर्दिनु'भो
अब तपाईँले बुझ्नु भो नि
गाउँमा चुनाव  आएछ !
+++
नेताज्यू  - ४
मोटर हुइक्याउँदै नेताज्यू गाउँ छिर्नु'भो
भट्टी-दोकान जगमग गुल्जार पार्नु'भो
डनहरु उफारेर गाउँघरमा रमिता पार्नु'भो
आफ्नैलाई छिर्के हानी भुइँमै पछार्नु'भो
अब तपाइले बुझ्नु भो नि
गाउँमा चुनाव आएछ !
+++
नेताज्यू गाउँ पसे पछि
तपाईँले बुझ्नु भो नि
गाउँमा चुनाव आएछ !
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell