PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

अब माओवादीले मात्रै त्याग गर्दैन, सरकारमा हाम्रो हैसियत अनुसार पद चाहिन्छ : प्रचण्ड



पहिलोपोस्ट

अब माओवादीले मात्रै त्याग गर्दैन, सरकारमा हाम्रो हैसियत अनुसार पद चाहिन्छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको सम्भावना रहेको बताएका छन्। जनकपुरमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषद हेरफेर बारे छलफल भएको जानकारी दिएका हुन्।

उनले अबको हेरफेरमा माओवादी केन्द्रले आफ्नो हैसियत अनुसारको भाग पाउने बताए। 'मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ। केही मन्त्रालय हेरफेरको सम्भावना छ। मैले त प्रधानमन्त्रीसँग भनिरहेको छु,'उनले भने।

लोकतान्त्रिक समाजवादी पार्टी का नेताहरुले गठबन्धन गर्नेबारेमा देउवासँग छलफल गरिरहेको भए पनि कुनै निष्कर्ष ननिस्केको प्रचण्डले बताए।

'लोसपाको विषय औपचारिक छलफल भएको छैन। तर लोसपाका नेताको प्रधानमन्त्रीसँग भेट भइरहेको छ,'उनले भने।

प्रचण्डले गठबन्धन र सरकार गठनमा माओवादी केन्द्रेले सबैभन्दा बढी त्याग गरेको बताए। उनले अब भने माओवादी केन्द्रले मात्रै त्याग नगर्ने बताए।

'माओवादी केन्द्रले सबैभन्दा बढी त्याग गरेको छ। प्रधानमन्त्रीको पार्टीको महाधिवेशनसम्म सहयोग गर्नुस भन्नुभयो र माधव नेपालले नयाँ पार्टी बनाएको सहयोग गर्नुस भन्नुभयो। सहयोग गर्ने काम माओवादीकै हुने गरेको छ। प्रधानमन्त्री बनाउने पनि। माओवादीलाई अब हाम्रो हैसियत अनुसार चाहिन्छ भनेका छौं,'उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell