PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

घनश्याम भुसालको प्रश्न : माओवादी, एमाले र एकीकृत समाजवादी एउटै कुरा गरेर जाने भए यो रामरमिता के हो?



पहिलोपोस्ट

घनश्याम भुसालको प्रश्न : माओवादी, एमाले र एकीकृत समाजवादी एउटै कुरा गरेर जाने भए यो रामरमिता के हो?

काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेमा कुनै सैद्धान्तिक भिन्नता नभएको बताएका छन्।

राजधानीमा संचारकर्मीसँग कुरा गर्दै उनले समाजवाद भनेर जाँदा फरकफरक ढंगले जानुको औचित्य नभएको बताए।

'विभाजनको औचित्य छैन। तपाईं जानुहुन्छ भने के भनेर जानुहुन्छ समाजवाद भनेर जानुहुन्छ भनेर। सैद्धान्तिक रुपमा पनि लोकतान्त्रिक हिसाबले जाने हो। जाने तरिकाको कुरा गरे पनि। नेकपा एमालेले गर्ने र माओवादी केन्द्रले गर्ने कुरा र समाजवादीले गर्ने कुरा पनि त्यही हो। एउटै सैद्धान्तिक कुरा भए यो राम रमिता के हो?' उनले प्रश्न गरे।

भुसालले थप भने, 'पुस ५ को विघटन राजनीतिक मुद्दा हो यसमा हामी विभाजित छ। यसबारे अदालतले निर्णय गरिसकेको छ,'उनले भने।

उनले नेकपा एमालेको सोमबारको पोलिटब्युरो बैठमा वाम एकताको प्रस्ताव गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell