हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा २०७४ सालमा निर्वाचित भएर वडा जनप्रतिनिधिहरु आउँदा वडाको आफ्नै भवन थिएन। जनप्रतिनिधिहरुको कार्यकाल सकिन लाग्दासम्म कार्यालयहरु भाडाको घरमा संचालन हुँदै आएका छन्।
हेटौंडा उपमहानगरपालिकाले गत वर्ष सबै वडा कार्यालयहरुको आफनै भवनमा राख्नका लागि भवन निर्माण गर्ने अभियान अनुसार कार्य गर्दै आइरहेको जनामएको छ। तर, उपमहानगरपालिकाले वडा कार्यालयहरुको आफ्नै भवन बनाउने भने पनि त्यो पूरा भएको छैन जसकारण उपमहानगरपालिकाका ७ वटा वडाहरु भाडाका घरमै वडा कार्यालयहरु चलाइरहेका छन्। साबिकका केहि गाविस कार्यालय भवनले हालका वडाको सेवा पुरानै कार्यालयबाट दिँदै आएको भए पनि उपमहानगरका आधा भन्दा बढी वडा कार्यालय भाडाका घरमै संचालित छन्।
हेटौंडा उपमहानगरपालिकाको ९ नम्वर वडाको आफनै भवन नहुँदा भाडाको घरमा बस्नुपरेको अवस्था छ । ९ नम्वर वडा कार्यालयले मासिक १८ हजार भाडा तिर्दै आइरहेको वडा अध्यक्ष लक्ष्मण भण्डारी बताए । उनले वडा भवन निर्माणका लागि जनतालाई पायक पर्ने स्थानमा सरकारी जग्गा नभएको बताए। हेटौंडा सिमेन्टको जग्गामा वडा भवन निर्माण गर्न समन्वय समितिले ६० लाख बजेट विनियोज गर्दा समेत विभिन्न कारणले काम गर्न ढिला हुँदा विनियोजित बजेट फिर्ता भएको उनले जानकारी दिए।
५ नम्वर वडाको पनि आफनो भवन छैन। भाडामा घर लिएर वडा कार्यालय संचालन गर्दै आएको छ वडाले। भाडामा मासिक २२ हजार तिर्दै आइरहेको वडा अध्यक्ष राजेश बानियाँले बताए।
उपमहानगरपालिकाले १९ वटा वडामध्ये १२ वटा वडा कार्यालयको सुविधा सम्पन्न भवन निर्माण कार्य सम्पन्न गरिसकेको जनाएको छ उपमहानगरपालिकाले १ , २ , ३ , ४ , ६ , ७ , ८ , ९ , ११ , १३ , १४, १५ , १७ र १८ नम्वर वडा कार्यलयको भवन निर्माण कार्य सम्पन्न गरेर सेवाग्राहीहरुलाई सेवा दिदै आएको उपमहानगरपालिकाका नगर अधिकृत रामकृष्ण थापाले बताए। वडा १० , १२ र १९ को भवन निर्माणधिन अवस्थामा रहेको अधिकृत थापाले जानकारी दिए।
वडा २ , ५ ,९ र १६ नम्वर वडा कार्यलयको भवन जग्गाको अभावले गर्दा निर्माण कार्य सुरु हुन नसकेको उनले जानकारी दिए ।