PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

एमसीसीलाई जस्ताको त्यस्तै पास हुनबाट आफूले रोकेको नेपालको दाबी : ओली र  देउवा 'कमा फूलस्टप' पनि नबदलेर पास गर्ने तयारीमा थिए



पहिलोपोस्ट

एमसीसीलाई जस्ताको त्यस्तै पास हुनबाट आफूले रोकेको नेपालको दाबी : ओली र  देउवा 'कमा फूलस्टप' पनि नबदलेर पास गर्ने तयारीमा थिए
फाइल फोटो

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई जस्ताको त्यस्तै पास हुनबाट आफुले रोकेको दाबी गरेका छन्। नुवाकोटको विदुरमा आयजित पत्रकार भेटघाट कार्यक्रममा उनले सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पनि एमसीसीका बुँदा फेरबदलको पक्षमा नरहेको बताए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'कमा फूलस्टप' बिना एमसीसीलाई पास गर्ने तयारी गरेपछि आफू एमसीसी संकट समाधान गर्न तयार भएको नेपालको दाबी थियो। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबादुर देउवासँग मिलेर ओलीले एमसीसीलाई संसोधन बिना पास गर्न लागेको थाहा पाएपछि आफूले व्याख्यात्मक टिप्पणीमा सहमति जनाएको उनले बताएका हुन्।

संसदबाट पारित भएको व्याख्यात्मक टिप्पणीबारे शंका नगर्ने नेपालले आग्रह समेत गरेका छन्। एमसीसीसँगै पास भएको उक्त व्यवस्थामाथि प्रश्न उठाए संसदबाट पारित हुने विधेयकमा पनि प्रश्न उठ्ने उनको भनाइ छ।  

'बलियो कानुनी आधार बनाएर संसदबाट पारित गरेर एमसीसीको अंग बनाएका छौं। त्यसबारे कुनै भ्रम पाल्नु उचित छैन्,'उनले भने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell