PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

कलाकार करिश्मा मानन्धर र सजपा अध्यक्ष प्रेम सिंह एमालेमा प्रवेश



पहिलोपोस्ट

कलाकार करिश्मा मानन्धर र सजपा अध्यक्ष प्रेम सिंह एमालेमा प्रवेश

काठमाडौं : अभिनेत्री करिश्मा मानन्धर र समाजवादी जनता पार्टी (सजपा)का अध्यक्ष प्रेम बहादुर सिंह नेकपा (एमाले)मा प्रवेश गरेका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा मानन्धर र सिंहलाई पार्टी प्रवेश गराएका हुन्।

सिंहको पार्टीका अरु पदाधिकारी तथा नेताहरु पनि एमालेमा प्रवेश गरेका छन्। एमालेले बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर पार्टी प्रवेशको अभियान चलाइरहेका छन्। यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतबाट पनि विभिन्न नेताहरु एमालेमा प्रवेश गरेका थिए। 

एमालेले पार्टी विभाजनको असरलाई कम गर्न पार्टी प्रवेशको अभियान चलाइरहेको छ। एमालेको सोमवार बसेको पोलिटब्युरो बैठकमा स्थानीय तहको निर्वाचनबारे छलफल भएको थियो। चैत्र ९ र १० गते एमालेले चुनावबारे छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell