PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता, १२ देखि १४ वर्ष जेल सजाय माग



पहिलोपोस्ट

पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता, १२ देखि १४ वर्ष जेल सजाय माग

काठमाडौं : अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता भएको छ। शाहले एक बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँले शाहविरुद्धको अनुसन्धान सकाएर आज अदालतमा मुद्दा दर्ता गरेको हो।

शाहलाई प्रहरीले २१ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो। अनुसन्धान सकेर सोमवार प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

सामाजिक संजालमा पोस्ट गरिएको अडियो, शाह र पीडितसँगको बयान लगायत अन्य प्रमाणलाई आधार मानेर पलविरुद्ध मुद्दा दर्ता गरिएको हो।

पललाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय माग दाबीसहित अभियोगपत्र दायर भएको सरकारी वकिल कार्यालयले जनाएको छ। क्षतिपूर्ति भने उमेर हेरेर माग दाबी गरिने जनाइएको छ।

यस्तै, शाहका म्यानेजर कृष्ण जोशीलाई भने पललाई मागिएको सजायको आधा सजाय माग गरिएको छ।

यसअघि शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दायर भएको थियो। नवलपुरमा पनि १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र ४ लाख रुपैयाँ क्षतिपूर्ति माग दाबीसहित अभियोगपत्र दायर भएको थियो। १८ वर्ष नपुगेकी बालिकालाई प्रेम जालमा पारेर करणी गरेको अभियोगपत्रमा उल्लेख थियो।

१८ वर्ष नपुगी सहमतिमा पनि यौन सम्बन्ध राख्नुलाई प्रचलित कानुनले करणी मानेको छ। घटना भएको समयमा किशोरीको उमेर १५ वर्ष ८ महिना ४ दिन भएको अनुसन्धानमा देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell