PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

ओलीकै कारण एमाले प्रवेश गरेको करिश्माको भनाइ, ‘नेपालभर ओलीकै गुणगान हुन्छ’



पहिलोपोस्ट

ओलीकै कारण एमाले प्रवेश गरेको करिश्माको भनाइ, ‘नेपालभर ओलीकै गुणगान हुन्छ’

काठमाडौं : अभिनेत्री करिश्मा मानन्धरले तीन दशक कलाकारिता क्षेत्रमा गरेको संघर्ष मुलुककै लागि भएको बताएकी छिन्। मंगलवार नेकपा (एमाले) प्रवेश गरेपछि आयोजित कार्यक्रममा उनले आफ्नो त्याग र दु:खहरु जनताकै लागि भएको बताएकी हुन्।

‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा मलाई कलाकारका रुपमा चिने। मैले गरेको दु:ख र त्यागहरु। यसो फर्केर हेर्दा के त्यो मात्रै हो त ?'उनले प्रश्न गरिन।

मानन्धरले कला क्षेत्रबाट अगाडि बढ्नका लागि राजनीतिमा प्रवेश गरेको बताइन। 'मेरो एक्टिभिटी अनौठो पनि लाग्छ होला,'उनले भनिन्।

कला क्षेत्रको पक्षबाट मुलुकको लागि योगदान गरिरहेको उनको दाबी छ। पछिल्लो समय आफू कला क्षेत्रमा मात्रै केन्द्रित भएकाले अब राजनीतिमा होमिएको उनको भनाइ छ।

'हामी सबैले मुलुकका लागि केही योगदान गरेका हुन्छौं। आजबाट एमालेमा प्रवेश गरेर अघि बढ्ने निर्णय गरेकी छु,'उनले भनिन्।

उनले एमाले नै रोज्नुको कारणबारे एमाले अध्यक्ष केपी शर्मा ओली नै भएको बताइन्।

'पहिलो अध्यक्ष ओली हो। नेता भनेको जनताको अगुवा हो। त्यो केपी ओलीजीमा पाउँछु,'उनले भनिन्।

ओलीको कुरा सुनेर आफू नथाक्ने उनको भनाइ छ। नेपालको अधिकांश भुभागमा ओलीको गुणगान गाइने करिश्माको दाबी छ।

एमालेले महिलाहरुलाई अगाडि बढाएकोमा पनि आफू एमाले प्रवेश गरेको उनले बताइन्। नेपाली जनताले एमालेप्रति आस्था राख्ने भएकोले पनि आफूले एमाले नै रोज्नुको कारण भएको उनले बताइन्।

‘यो भन्दा पहिला मैले अर्को पार्टीमा पनि काम गरे। त्यहाँ पनि एमाले प्रति आस्था थियो। एमाले अहिले पनि पहिलो पार्टी हो। एमालेभित्र नयाँ मान्छे किन आएको भन्ने अग्रजलाई लाग्ला। केही सौदावाजी हो कि भन्ने देशभरकालाई लाग्ला।,’ करिश्माले भनिन्, ‘मलाई कुनै वार्गेनिङ गर्नु छैन। नितान्त एमालेको कार्यकर्ता हुन आएको हुँ। तर कुनै जिम्मेवारी दिँदा पछि हट्दिन।’

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालमा कुनै बेला सक्रिय रहेकी करिश्मा पछिल्लो समय राजनीतिमा निष्क्रिय थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell