PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

फेरि सर्‍यो मधेशप्रदेश प्रदेशसभा बैठक



पहिलोपोस्ट

फेरि सर्‍यो मधेशप्रदेश प्रदेशसभा बैठक

काठमाडौं : मधेश प्रदेशको प्रदेशसभा बैठक विशेष कारण जनाउँदै फेरि सारिएको छ। उक्त बैठक चैत ९ गते बुधबारका लागि आह्वान गरिएकामा प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै विशेष कारण चैत ११ गते दिउँसो २ बजे बस्ने गरी सारेको जनाएको हो।

यसअघि गत फागुन २२ गते मा बोलाइए  बैठक चैत ९ गतेका लागि सारिएको थियो।

बैठक बस्न ढिलाइ हुँदा प्रदेश सरकारद्वारा अघिल्लो बैठकमा पेश भएको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell