PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

एमाले त्याग गर्दा एक्लै थिएँ, फर्किँदा टिम ल्याएर आएको छु : प्रेमबहादुर सिंह



पहिलोपोस्ट

एमाले त्याग गर्दा एक्लै थिएँ, फर्किँदा टिम ल्याएर आएको छु : प्रेमबहादुर सिंह

काठमाडौं : पूर्व मन्त्री तथा समाजवादी जनता पार्टी (सजपा)का अध्यक्ष प्रेम बहादुर सिंहले एमालेमा अनुशासित भएर काम गर्ने बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका र खादा लगाएर उनी एमाले प्रवेश गरेका हुन्।

सजपा गठन पूर्व उनी एमाले कै नेता थिए। पार्टी प्रवेश कार्यक्रममा उनले आफूले एमालेको हितविपरित कहिल्यै काम नगरेको बताए।

'म पहिला अलग भए पनि एमालेको अहितमा कहिल्यै काम गरिँन। मैले भेदभावका कारण पार्टी छाडेको थिए,'उनले भने।

उनले कर्णालीबासीको सुझावका कारण एमालेमा फेरि प्रवेश गरेको बताए। पार्टीबाट बाहिरिँदा एक्लै भए पनि अहिले टिम सहित एमालेमा प्रवेश गरेको सिंहको भनाइ छ।

'म त्याग गर्दा एक्लै थिए। फर्किँदा टिम ल्याएर आएको छु,'उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell