
स्वीडेनको पूर्वी क्षेत्रमा रहेको माल्मो शहरमा भएको हिंसात्मक आक्रमणमा दुई जनाको मृत्यु भएको छ। शहरको माल्मो ल्याटीन विद्यालयमा भएको आक्रमणमा ५० वर्षीया दुई जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले आक्रमण गरेको आरोपमा एकजना १८ वर्षीय विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। ती विद्यार्थीले चक्कु र बन्चरो बोकेको स्थानीय मिडियाले उल्लेख गरेको बीबीसीले उल्लेख गरेको छ। तर, प्रहरीले यसको पुष्टि गरेको छैन।
यो घटना हुँदा करिब ५० जना विद्यार्थी र शिक्षक विद्यालय भवनमै थिए। आक्रमणकारी आफैले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए। प्रहरी विद्यालय पुग्दा भवनमा दुईजनाको शव थियो। त्यसपछि प्रहरीले भवनलाई खाली गराएर अनुसन्धान गरेको थियो। प्रहरीले घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान गरिरहेको छ।