PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

नेपाल भ्रमणअघि पाकिस्तानमा चिनियाँ विदेशमन्त्री : मुस्लिम राष्ट्रका विदेशमन्त्रीहरुलाई सम्बोधन गर्दा के भने?



पहिलोपोस्ट

नेपाल भ्रमणअघि पाकिस्तानमा चिनियाँ विदेशमन्त्री : मुस्लिम राष्ट्रका विदेशमन्त्रीहरुलाई सम्बोधन गर्दा के भने?
PHOTO: MOFA.GOV.PK

दक्षिण एसियाली मुलुकहरुको भ्रमणका क्रममा रहेका चिनियाँ विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी अहिले पाकिस्तानमा छन्। उनी अहिले इस्लामावादमा राजनीतिक भेटवार्तामा सक्रिय रहेका छन्। 

सोमवार पाकिस्तान पुगेका वाङ भ्रमण सकेर शुक्रवार नेपाल आइपुग्ने कार्यक्रम रहेको छ। 

मन्त्री वाङले मंगलवार पाकिस्तानको इस्लामावादमा आयोजित इस्लामहरुको साझेदारीका लागि गठन भएको संगठन अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी)का विदेशमन्त्रीहरुको परिषदको ४८ औं सत्रमा सहभागी भएका छन्। सम्मेलनमा मन्त्री यीले सम्बोधन गरेका छन्। यो सम्मेलनमा ५६ देश सदस्य छन्।

यसैबिच चीन र पाकिस्तानका विदेशमन्त्रीबिच पनि द्विपक्षीय वार्ता भएको छ। भेटमा दुवै पक्षले रसिया माथि युक्रेन मामिलालाई लिएर एकलौटी रुपमा लगाइएको प्रतिबन्ध प्रति चासो व्यक्त गर्दै समस्याको समाधानका लागि युद्ध विराम र कुटनीतिक समाधानमा जोड दिएका थिए। 

भेटवार्तापछि चिनियाँ विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा ओआईसीका विदेश मन्त्रीहरुको सम्मेलनमा आयोजक पाकिस्तानका विदेशमन्त्रीको निमन्त्रणमा मन्त्री वाङ पाकिस्तान पुगेको उल्लेख छ। साथै उनले निमन्त्रणाप्रति धन्यवाद दिएका छन्। 

मन्त्री वाङको कोभिड-१९ महामारी पछिको पहिलो पाकिस्तान भ्रमण हो। अन्तर्राष्ट्रिय जगतमा देखा परेको समस्याका विषयमा छलफल भएको मन्त्री वाङले संयुक्त प्रेस मिटका क्रममा जानकारी दिएका छन्। यसैबिच दुवै पक्षबिच रणनीतिक संचार, चीन-पाकिस्तान समुदायबिच नजिकको सम्बन्ध स्थापनाका विषयमा समेत छलफल विदेश मन्त्रालयले उल्लेख गरेको छ। 

साथै दुवै पक्षबिच चाइना पाकिस्तान इकोनोमिक करिडोरको निर्माण प्रगति, हरित, डिजिटल, गरिबी निवारण, स्वास्थ्य लगायतका अन्य क्षेत्रमा साझेदारीका विषयमा समेत सहमत भएको छ। साथै दुवै पक्षबिच प्रतिआतंकवाद साझेदारीका छलफल भएको वक्तव्यमा उल्लेख छ। अफगानिस्तान र युक्रेन मामिलामा एक ठाउँमा उभिने विषयमा दुवै पक्ष सहमत भएका छन्।

यसैबिच मुस्लिम राष्ट्रहरुका विदेश मन्त्रीको सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्री वाङले चीन सँधै साझेदारी, एकता, न्याय र विकासका साथ उभिने बताएका छन्। 

पहिलो पटक सम्मेलनमा आमन्त्रण गरिएको र सम्मेलनको नारा नै 'एकता, न्याय र विकास प्राप्तिका लागि साझेदारी' भएको उल्लेख गर्दै वाङले चीन साझेदारी, एकता, न्याय र विकासका साथ उपस्थित भएको बताए। 'यी चार प्रमुख शब्दहरु नै चीनको यो बैठकमा सहभागिता हुनुको लक्ष्य हो। र यी नै चीन र हाम्रा मुस्लिम साथीहरुबिचको समझदारी पनि हो,' वाङले भने। 

उनले चीन साझेदारीका लागि उपस्थित भएको भन्दै चीन र मुस्लिम विश्वले ऐतिहासिक उत्पत्ति समान मान्यता बोक्ने बताए।

उनले चीन एकताका लागि उपस्थित भएको भन्दै चीन र इस्लामिक विश्व दक्षिण दक्षिण साझैदारीका प्रमुख अंग भएको बताए। 'हाम्रो साझा आवाजको प्रतिध्वनी निकाल्न, हाम्रा साझा चासोहरुको रक्षा गर्नका लागि पनि चीन र इस्लामिक विश्वलाई थप नजिकबाट एकतावद्ध गर्न आवश्यक छ,' वाङले भनेको विदेश मन्त्रालयको वक्तव्यमा उल्लेख छ।

उनले चीन इस्लामिक विश्वका देशहरुसँग वहुपक्षीय, सार्वभौमिक स्वतन्त्रताको रक्षा, राष्ट्रिय स्वाधिन्ताको रक्षाका लागि मिलेर काम गर्न चाहेको बताए। साथै मन्त्री वाङले चीन सम्मेलनमा 'विकास'का लागि आएको भन्दै चीन र मुस्लिम राष्ट्रहरुबिचको साझेदारीमा ठूलो सम्भावना रहेको बताए।

'हामी हाम्रा साथीहरुसँग संयुक्त बेल्ट एण्ड रोड निर्माणका लागि मिलेर काम गर्न चाहन्छौँ,' वाङले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell