PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

पिपल च्वाइस अवार्ड एलिना महर्जनलाई, पारस र साबित्रा दशककै उत्कृष्ट खेलाडी

पिपल च्वाइस अवार्ड एलिना महर्जनलाई, पारस र साबित्रा दशककै उत्कृष्ट खेलाडी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : पल्सर स्पोर्टस अवार्ड २०७७ सम्पन्न भएको छ। यो वर्षको टिम अफ द एयर (वर्ष टिम) अवार्ड नेपाली राष्ट्रिय फुटबल टोलीलाई दिइएको छ। कोच अफ द डिकेड (दशकका उत्कृष्ट प्रशिक्षक)को अवार्ड भने क्रिकेट प्रशिक्षक जगत टमाटालाई प्रदान गरिएको छ।

एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड सत्तम अल सेहलीले पाए भने डा अजय राणालाई स्पेशियल अवार्ड प्रदान गरिएको छ।

यस वर्षको सर्वोकृष्ट पारा एथलिटको अवार्ड सुनिता थुलङले पाइन्। पर्फर्मर अफर द एयर भने पुष्प भण्डारी घोषित भए। यस्तै, पिपल्स च्वाइस अवार्डबाट टेबल टेनिसकी एलिना महर्जन सम्मानित भइन्। पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे।

यो वर्ष शरदचन्द्र शाहलाई मरणोपरान्त लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो।

प्लेयर अफ द डिकेट (दशकका उत्कृष्ट खेलाडी) पुरुष तर्फबाट पूर्व क्रिकेट कप्तान पारस खड्का घोषित भए भन साबित्रा भण्डारी महिला तर्फबाट दशकका उत्कृष्ट खेलाडी घोषित भइन्। विभिन्न विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell