PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

फोनिजको अध्यक्षमा गजुरधन राई, महासचिव लिम्बु



पहिलोपोस्ट

फोनिजको अध्यक्षमा गजुरधन राई, महासचिव लिम्बु

सौरहा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा गजुरधन राई निर्वाचित भएका छन्। चितवनको सौरहामा भएको सातौँ महाधिवेशनबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष राई अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।

सोमबारबाट सुरु भएको निर्वाचन प्रक्रियामा केही पदहरुमा निर्विरोध निर्वाचित भए भने सहमति हुन नसकेका पदहरुमा मंगलबार निर्वाचन भएको थियो।

महाधिवेशनले राईको नेतृत्वमा ४७ सदस्यीय संघीय कार्यसमिति चयन गरेको प्रमुख निर्वाचन अधिकृत विषन राईले जानकारी दिए।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी निर्विरोध चयन भए। ४ उपाध्यक्षका लागि भएको निर्वाचन प्रक्रियामा संस्थागत उपाध्यक्षमा जगत दोङ, महिला उपाध्यक्षमा सरु राना र महासचिवमा मिलन लिम्बु निर्विरोध चयन भए। खुल्ला उपाध्यक्षमा भने अमरध्वज लामा र मीरा राजभण्डारीबीच चुनावी प्रतिस्पर्धा भएको थियो। जसमा लामा ११० मतका साथ विजयी भए भने मीराले २७ मतमात्र पाइन्।

६ जना सचिवमा ३ खुल्ला र एक महिला सचिवका लागि निर्वाचन भयो। संस्थागत सचिवमा छेटु शेर्पा र अल्पसंख्यक सचिवमा यमन राई डोने निर्विरोध चयन भए। खुल्ला सचिवमा बुद्धबीर राई, समीर बलामी, विश्वराज तामाङ निर्वाचित हुँदा महिला सचिवमा अन्जना शिल्पकार निर्वाचित भइन्।

कोषाध्यक्षमा लाला गुरुङ र सहकोषाध्यक्षमा सन्चु ब्लोन तामाङ निर्विरोध चुनिए।

प्रदेश १ को सदस्य इन्चार्जमा भक्तसेर लिम्बु, मधेश प्रदेशको सदस्य इन्चार्जमा निरज पिठाकोठे, वाग्मती प्रदेशको सदस्य इन्चार्जमा पेमा लामा, लुम्बिनी प्रदेशको सदस्य इन्चार्जमा यमबहादुर गाहा कर्णाली प्रदेशको सदस्य इन्चार्जमा बुद्धिमान पुन मगर र सुदूरपश्चिम सदस्य इन्चार्जमा भीमबहादुर चौधरी चयन भए।

संस्थागत सदस्यहरुमा लिम्बुबाट देवेन्द्र खापुङ, शेर्पाबाट निम्लेकी शेर्पा, नेवा दबुबाट सुनिल महार्जन, थारुबाट सन्तकुमार चौधरी, गुरुङबाट चित्रबहादुर गुरुङ, तामाङबाट नेत्र तामाङ र राईबाट प्रकाश राई चयन भए।

खुल्ला पाँच सदस्यका लागि भएको निर्वाचनमा हर्कबहादुर घर्तीमगर, बुद्ध योञ्जन लामा, लोकेश लिवाङ, गजेन्द्र राई र कमलसिंह थारु निर्वाचित भए।

महिला खुला सदस्य सात जनामा सुनिता महर्जन, स्मृति रोकामगर, रचना श्रेष्ठ, सुजनता निङ्लेकु, लिम्बु मञ्जुकुमारी श्रेष्ठ, बिना राई र रोशनी कुँवर निर्विरोध चयन भए।

अल्पसंख्यक पुरुषमा उद्धव चेपाङ र विदुर खवास निर्विरोध चयन भए। लेखा समिति संयोजकमा चन्द्र पन्दाक लिम्बु निर्विचत भए। लेखा समिति सदस्यमा उर्मिला गम्बा निर्विरोध चयन हुँदा भकेन्द्र लवाती भने खुला सदस्यमा निर्वाचित भए।

चैत ६ गते लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्दै शुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको निवर्तमान अध्यक्ष डण्ड गुरुङले जानकारी दिए। चार हजार बढी सदस्य भएको फोनिजमा यसपटक करिब चार सय जना प्रतिनिधिको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell