PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

हेटौँडामा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु



पहिलोपोस्ट

हेटौँडामा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु
प्रतीकात्मक तस्विर

हेटौँडाः हेटौँडा उपमहानगरपालिका ३ जम्बोमा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु भएको छ। घरायसी विवादको क्रममा ४१ बर्षीय अनिता विकको कुटाइबाट श्रीमान् ४३ बर्षीय मित्रलाल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

कुटाइबाट घाइते भएका सुनारको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो।

अनितालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell