PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

निजी सवारीले यात्रु बोकेको आरोपमा सुर्खेतका यातायात व्यवसायी आन्दोलित, यात्रु अलपत्र



पी बी खड्का

निजी सवारीले यात्रु बोकेको आरोपमा सुर्खेतका यातायात व्यवसायी आन्दोलित, यात्रु अलपत्र

सुर्खेत : यातायात बस व्यवसायीले सुर्खेतमा चल्ने सम्पूर्ण सार्वजनिक सवारी साधनहरु बन्द गरेका छन्। निजी सवारी साधनले यात्रु बोकेको भन्दै बिहान देखिनै सार्वजनिक सवारीका साधनहरु बन्द गरेका हुन्।

निजी सवारी साधनले मनपरी रुपमा भाडा लिएर यात्रु बोक्ने र पछिल्लो पटक तेलको मूल्य वृद्धि भएपनि आफुहरुले पुरानै भाडादरमा चलाउनु परेको बस व्यवसायी राकेश मल्लको भनाई छ।

यस विषयमा जिल्ला प्रशासन र ट्राफिक प्रहरी कार्यालयलाई जानकारी गराए पनि कुनै सुनुवाई नभएको भन्दै यातायात नै बन्द गर्नुपर्ने अवस्था आएको बताए। ‘यसअघि नै जिल्ला प्रशासन र ट्राफिक कार्यालयलाई निजी सवारीले यात्रु बोकेको भनेर नियमन गर्न फागुन पहिलो साता लिखित रुपमै अनुरोध गरेका थियौँ,’ उनले भने, ‘हालसम्म पनि कुनै नियमन नभएपछि स्वस्फुर्त यातायातका साधन बन्द गरेका हौँ।’
आफुहरुको माग सम्बोधन नभए अनिश्चित रुपमा सवारी साधन नचलाउने उनको भनाई छ। सुर्खेतमा हाल दश वटा यातायात प्रालिले सेवा दिइरहेका छन्।

यता, जिल्ला प्रशासन कार्यालयले यातायात व्यवसायीहरुसँग छलफलका लागि प्रयास भइरहेको र यातायातका साधन चलाउन आग्रह गरेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार यातायातका साधन खुलाउन व्यवसायीसँग छलफल भइरहेको छ।
पूर्व सूचना विना गरिएको बन्दले सर्वसाधारण यात्रु भने अलपत्र परेका छन्। सुर्खेतदेखि कर्णाली प्रदेशका अन्य जिल्ला र बाह्य जिल्लाहरुमा जाने सवारी नचल्दा यात्रुहरु अलपत्र परेका हुन्। सुर्खेत भित्रिने सवारी साधन भित्रिएपनि सुर्खेतबाट बाहिरिने कुनै पनि सवारी साधन चल्न सकेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell