PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

हलिउड अभिनेत्री मारिलिन मुनरोको पेन्टिङको मूल्य २०० मिलियन डलर



पहिलोपोस्ट

हलिउड अभिनेत्री मारिलिन मुनरोको पेन्टिङको मूल्य २०० मिलियन डलर

हलिउड अभिनेत्री मारिलिन मुनरोको एक प्रोट्रेट पेन्टिङको बिक्री मूल्य २०० मिलियन डलर (२४ अर्ब रुपैयाँ बढी) राखिएको छ। सन् १९६० को दशककी अभिनेत्री मारिलिनको लिलामी भएको उक्त पेन्टिङको बिक्री मूल्य २०० मिलियन डलर तोकिएको हो।

मारिलिनको उक्त पेन्टिङ पप आइकन एन्डी वारहोलले बनाएका हुन्। पहेँलो कपाल, गुलाबी अनुहार र हल्का नीलो आँखाको छायाँले छोपिएको मुनरोको अनुहारको उक्त पेन्टिङ वारहोलले अभिनेत्रीमाथि बनाएका पाँचमध्येबाट एक हो।

‘सट सेज ब्लु मार्लिन’ नामको उक्त पेन्टिङ लिलामीमा बेचेको बीसौँ शताब्दीमा सबैभन्दा महँगो रहेको क्रिस्टिजका अध्यक्ष एलेक्स रोटरले भने।

वारहोलले यो पेन्टिङ बनाउन स्क्रीनिङ प्रविधि प्रयोग गरेका थिए। रोटरका अध्यक्षका अनुसार यो पेन्टिङ निकै जटिल थियो। जसकारण उनले पछि कहिल्यै प्रयोग गरेनन्।

पेन्टिङको बिक्रीबाट प्राप्त भएको सबै रकम संसारभरिका बालबालिकाको हितको कार्यमा खर्च गरिने समेत बताइएको छ।

यसअघि वारहोलले बनाएको पेन्टिङ ‘सिल्भर कार क्र्यास’लाई सन् २०१३ मा १०५ मिलियन डलरमा बिक्री गरिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell