
काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विभिन्न ११ विषयमाथि छलफल सुरु भएको छ। बैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर एमालेले केन्द्रीय कमिटीमा विभिन्न ११ एजेण्डा प्रस्तुत गरेको हो।
बबरमहल स्थित कार्की बैंक्वेटमा बुधवार सुरु भएको बैठकमा ११ एजेण्डा प्रस्तुत भएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले प्रतिवेदन, सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायतका बैठकको कार्यसूची छन्।
बैठक दुई दिन चल्ने बताइएको छ।
यस्तो छ कार्यसूची
१.रिपोर्टिङ
२.राजनीतिक प्रतिवेदन
३.विभागहरूको गठन
४.स्थानीय निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया
५.घोषणापत्र तयारी
६.पार्टीको बार्षिक क्यालेन्डरको तयारी
७.पार्टी स्थापना दिवस
८.निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका
९.सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन
१०.लेखा तथा आर्थिक व्यवस्थापन विनियम
११.विविध