PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

विवादास्पद रसियाली ‘फिगर स्केटर’ भलिभा प्रतिस्पर्धामा फर्कने तयारीमा



पहिलोपोस्ट

विवादास्पद रसियाली ‘फिगर स्केटर’ भलिभा प्रतिस्पर्धामा फर्कने तयारीमा
Photo: How Hwee Young/EPA-EFE/Shutterstock

विवादास्पद रसियाली ‘फिगर स्केटर’ कमिला भलिभा प्रतिस्पर्धामा फर्कने भएकी छिन्। डोपिङको मुद्दा अझै पनि जारी रहेको अवस्थामा उनी यस साताको अन्त्यमा रसियामा हुने प्रतियोगितामा सहभागी हुने तयारीमा छिन्

फेब्रुअरी २०२२ को शीतकालीन ओलम्पिक अन्तर्गत महिला एकलमा १५ वर्षीया भलिभा पदकको प्रतिस्पर्धाबाट बाहिरिएकी थिइन्।

रसियाली ओलम्पिक कमिटीलाई टिम इभेन्टमा जित दिलाउन मद्दत गरेकी उनी प्रतिबन्धित लागुऔषध परीक्षणमा असफल भएको खुलासा भए पनि प्रतिस्पर्धाको लागि अनुमति दिइएको थियो।

भलिभाले सरांस्कमा हुने ‘च्यानल वान कप’मा प्रतिस्पर्धा गर्ने तयारी गरेकी छन्। यो विश्व च्याम्पियनसिपहरुसँग प्रतिस्पर्धा गर्न आयोजित रसियालीहरु मात्र सहभागी एक प्रतियोगिता हो।

रसिया र बेलारुसका फिगर स्केटरहरूलाई फ्रान्सको मोन्टपेलियरमा बुधवारदेखि आइतवारसम्म चल्ने विश्व च्याम्पियनसिपमा प्रतिबन्ध लगाइएको छ। रसियाले युक्रेनमा आक्रमण गरेपछि यस्तो प्रतिबन्ध लगाइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell