.jpg)
काठमाडौं : नर्वेका राजदूत टोरुन ड्रम्डालले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग शिष्टाचार भेट गरेकी छिन्। बुधवार सिंहदरबारस्थित मन्त्रालयमा भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको मन्त्री भुसालको सचिवालयले जनाएको छ।
मन्त्री भुसालले नेपालका लागि नर्वे भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै शान्ति प्रक्रिया तथा संविधान लेखन प्रक्रियामा नर्वे सरकारको सकारात्मक सहयोग गरेको भन्दै धन्यवाद दिइन्।
उनले नेपालको नवीकरणीय ऊर्जा विकासका क्षेत्रमा पनि सहयोग गर्न आग्रह गरेकी छन्। उनले सामाजिक विकास, शैक्षिक गुणस्तर सुधार तथा जलवायु परिवर्तनका क्षेत्रमा नर्वे गरेको सहयोगको सर्हाना गर्दै उनले आगामी दिनमा आपसी चासो र विकासका विषयमा सहकार्य गरेर अगाडि बढ्न नेपाल सरकार इच्छुक रहेको बताएकी थिइन्।
उनले जलवायु परिवर्तनका कारण नेपालले नयाँनयाँ चुनौती झेल्नु परेको उल्लेख गर्दै गर्दै अगाडि भनिन्, ‘जलवायु परिवर्तनका कारण नेपालमा बेमौसमी वर्षा हुने त्यसले जनधनको क्षति बढाउँदै लगेको छ। त्यस्ता जोखिम न्यूनीकरणका लागि नर्वे सरकारसँग मिलेर काम गर्न चाहन्छौँ।‘
भेटमा राजदूत ड्रम्डालले नेपालको ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको बताउँदै नवीकरणीय ऊर्जा र जलविद्युतको विकासमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले जलविद्युतको क्षेत्रमा नेपालसँग लामो सहकार्य रहेको उल्लेख गर्दै ९ करोड अमेरिकी डलर बराबरको ऊर्जा क्षेत्रमा लगानी रहेको जानकारी जानकारी गराए। उनले प्रसारण लाइन निर्माणमा भएको ढिलाइबारे चासो राखेका थिए।