PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

उच्च शिक्षाबारे बहस हुन सकेको छैन, छुटै ऐन बनाउनुपर्छ : गगन थापा



पहिलोपोस्ट

उच्च शिक्षाबारे बहस हुन सकेको छैन, छुटै ऐन बनाउनुपर्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उच्च शिक्षा संचालन सम्बन्धी ऐन बनाउनुपर्ने बताएका छन्। बुधवार किर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको १२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले नेपालको उच्च शिक्षा संचालन सम्बन्धी छुट्टै ऐनको आवश्यकता रहेको बताएका हुन्।

उनले देश संघीयतामा प्रवेश गरिसकेको सन्दर्भमा नयाँ ऐन बनाउन नसकिएको भन्दै उच्च शिक्षा संचालन सम्बन्धी ऐन निर्माण गर्न ढिलो भइसकेको बताउनुभयो। ऐन बनाएर उच्च शिक्षामा हुने लगानी, व्यवस्थापन, नयाँ विश्वविद्यालयको व्यवस्था, संघ र प्रदेशको जिम्मेवारी बनाएर छलफल हुनुपर्ने उनले बताएका छन्।

‘उच्च शिक्षाको ऐन ल्याइसकेपछि हाम्रो बाटो के हो, हामी उच्च शिक्षामा लगानी कति गर्ने हो ? कसले गर्ने हो ? कसरी गर्ने हो ? विश्वविद्यालय कसरी चलाउने हो ? संघको जिम्मेवारी के हो ? प्रदेशको जिम्मेवारी के हो ? भइरहेको विश्वविद्यालयलाई के गर्ने हो ? नयाँ विश्वविद्यालय खोल्ने हो कि होइन ? यो सबैको सन्दर्भमा पहिला एउटा प्रबन्ध गरौँ। यो प्रबन्ध गरिसकेपछि त्यसमा जमेर बहस गरौँ,’ उनले भने।

विगतमा आफ्नो पार्टी प्रतिपक्षमा हुँदा पनि आफूले शिक्षा तथा स्वास्थ्य समितिमा र प्रधानमन्त्री तथा मन्त्रीहरुलाई पटक–पटक यस विषयमा कुरा राखेको उनले दाबी गरे। तर उक्त विषयमा सुनुवाई नभएको उनले बताए। शेरबहादुर देउवा नेतृत्वको सरकार आए पछि निरन्तरको संसद अवरोधका कारण यस विषय प्राथमिकतामा पर्न नसकेको उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell