PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

काभ्रे जिल्लाका एमाले नेताहरु कांग्रेसमा प्रवेश



पहिलोपोस्ट

काभ्रे जिल्लाका एमाले नेताहरु कांग्रेसमा प्रवेश

काठमाडौं : काभ्रे जिल्लाका नेकपा एमालेका केही नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस काभ्रोपलाञ्चोकद्वारा धुलिखेलमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्ने जिल्ला नेता तथा कार्यकर्ताहरुलाई पार्टीको सदस्यता वितरण गरेका थिए।

कांग्रेसका जिल्ला उपसभापति रमेश हुमागाईँका अनुसार नेकपा एमालेका प्रदेश कमिटी सदस्य रामकृष्ण हुमागाईँसहित पूर्वगाबिस अध्यक्ष साधुराम बडाल, उपाध्यक्ष विष्णुबहादुर बस्नेत, वडा सदस्य तथा धुलिखेल एमाले नगरकार्यपालिका सदस्य उपेन्द्र हुमागाईँ, नेता माधवमणि हुमागाई, जिल्ला सदस्य मुरारी हुमागाईँ एमाले प्रवेश गरेका छन्।

यस्तै, पुरुषोतम बस्नेत, यादव गौतम, धनञ्जय हुमागाईँ, अर्जुनबहादुर भुजेल, रामकृष्ण भुजेल लगायत सयौंको संख्यामा नेकपा एमालेलगायत विभिन्न पार्टी परित्याग गरेका कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell