PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

ओलीले सरकार चलाउन नसकेकै कारण देउवाले नेतृत्व लिएको हो : कानून मन्त्री



पहिलोपोस्ट

ओलीले सरकार चलाउन नसकेकै कारण देउवाले नेतृत्व लिएको हो : कानून मन्त्री

काठमाडौं : कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्र प्रसाद बडूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार संविधान भन्दा बाहिर गएर संचालन गर्दा समय अगाडि नै बाहिरिनु परेको बताएका छन्।

नेपालगंजमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै बडूले ओलीले सरकार चलाउन असफल भएको बताएका हुन्। ओलीले प्रधानमन्त्री हुँदा जनताको भावना बुझ्न नसकेको, देश र जनता भन्दा बाहिर गएर सरकार चलाउन खोजेकोले बाहिरिनु परेको उनले बताए।

बडूले अहिलेको सरकार विशेष परिस्थिति र विशेष दायित्वका साथ बनेको भन्दै खतरामा परेको संविधानको रक्षा गर्नु सरकारको मूल जिम्मेवारी भएको बताएका छन्। संविधानको व्यवस्था र मर्म विपरित जान खोज्ने सबैको ओली नेतृत्वको सरकारको जस्तै अवस्था हुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell