PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

आचारसंहिता उल्लंघन गर्नेमाथि स्थानीय समुदायले खबरदारी गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त



पहिलोपोस्ट

आचारसंहिता उल्लंघन गर्नेमाथि स्थानीय समुदायले खबरदारी गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित वनाउन राजनीतिक दलले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताएका छन्।

निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज मोरङमा आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उनले निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आचारसंहिता पालनाको विषय कडाइका साथ कार्यान्वयन गरिने बताएका हुन्।

थपलियाले निर्वाचनमा हुने आचारसंहिता उल्लंघन गर्ने प्रवृत्तिलाई निस्तेज पार्न राजनीतिक दल एवं नागरिक समाजको सहयोग आवश्यक रहेको बताए। उनले आयोगले प्रत्येक स्थानीय तहमा आचारसंहिता कार्यान्वयनका लागि समिति गठन गरेर अनुगमन गरिने व्यवस्था मिलाउन लागेको जानकारी दिए।

उनले लोकतन्त्रको रक्षा गर्दै शासकीय पद्धतिको सुधारका लागि राजनीतिक दलले आचारसंहिता पालनामा नैतिकता र इमान्दारिता देखाउन आवश्यक रहेको समेत बताएका छन्। उनले आचारसंहिता उल्लंघन गर्ने दल, उम्मेदवार, सर्मथकमाथि स्थानीय समुदायले खबरदारी गर्नुपर्नेमा जोड दिए।

थपलियाले विगतको निर्वाचनमा आचारसंहिता पालना नभएको विषयमा व्यापक जनगुनासो आएको भन्दै यसपटकको निर्वाचनमा आचारसंहिता कार्यान्वयनमा नयाँ रणनीति कार्यान्वयन गर्न लागिएको जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell