PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी छन् : शिक्षा मन्त्री



पहिलोपोस्ट

राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी छन् : शिक्षा मन्त्री

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा पौडेलले राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी हुने बताएका हुन्।

‘अहिले शिक्षाको प्रयोग प्रत्यक्ष रुपमा सीप र सिकाइसँग मेल खानुपर्छ। अन्यथा विकासको कल्पना गर्न सकिँदैन,’ उनले भने।

शिक्षा प्रणाली सुधार गर्नु राज्यको एक्लो दायित्व नभएकाले त्यसका लागि निजी क्षेत्रको पनि उत्तिकै आवश्यकता रहने उनको भनाइ थियो। उनले सकारात्मक सल्लाह लिएर मन्त्रालय आउन प्याब्सनलाई आग्रह गरेका छन्। उनले राज्यको एक मात्र लक्ष्य हाल कार्यान्वयनमा रहेको शिक्षा प्रणाली सुधार गरी दक्ष जनशक्ति उत्पादन गर्नु रहेको बताएका छन्।

बिहीबारसम्म हुने महाधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell