PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

बैंकिङ कसुरमा दोषी ठहर भएका फरार अभियुक्त पक्राउ



रासस

बैंकिङ कसुरमा दोषी ठहर भएका फरार अभियुक्त पक्राउ

काठमाडौं : बैंकिङ कसुरमा दोषी ठहर भई लाखौँ जरिबाना र कैद सजाय तोकिएपछि फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरेको छ।

उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ३६ लाख जरिबाना र ७ दिन कैद हुने ठहरपछि फरार रहेका मकवानपुरको हेटौँडा घर भई काठमाडौंको क्षेत्रपाटी बस्ने ३८ वर्षका रगुन खड्केलाई पक्राउ गरिएको हो।

उनले पीडितलाई न्युरोडको महालक्ष्मी विकास बैंकको खाताबाट रकम भुक्तान हुने भनी चेक दिएका थिए। उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी चेक दिएकामा चेकमार्फत भुक्तानी हुन नसकेको ठहर गर्दै अदालतले गत वर्ष उक्त जरिबाना र कैद सुनाएको थियो।

त्यसपछि फरार हुँदै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास गर्न परिचालित टोलीले आज काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरेको हो। उनलाई आजै फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell