PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

हिउँदे अधिवेशन अन्त्य गर्ने वाग्मती सरकारको निर्णय



पहिलोपोस्ट

हिउँदे अधिवेशन अन्त्य गर्ने वाग्मती सरकारको निर्णय

हेटौंडा : वाग्मती प्रदेश सरकारले बुधवार राति १२ बजेबाट हिउँदे अधिवेशन अन्य गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री निमा लामाले जानकारी दिए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण ८१ दिन अवरुद्ध प्रदेशसभा बैठक पुनः संचालन भएपछि २ वटा बैठक बसेर नवौं अधिवेशन अन्त्य गरिएको हो।

प्रदेश सरकारले वैशाखबाट बजेट अधिवेशत संचालन गर्ने तयारी समेत गरेको छ। अब बजेटको तयारीमा जुट्ने समय आएकोले अधिवेशन अन्त्य गरिएको लामाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell