PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मन्त्री आलेले सगरमाथा हेर्न माउन्टेन फ्लाइटको अफर गर्दा सलमानले भने : समय मिलाएर आउँछु



पहिलोपोस्ट

मन्त्री आलेले सगरमाथा हेर्न माउन्टेन फ्लाइटको अफर गर्दा सलमानले भने : समय मिलाएर आउँछु

काठमाडौं : भारतीय अभिनेता सलमान खानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘माउन्टेन फ्लाइट’को लागि निम्ता दिएका छन्। मन्त्री आलेले बुधवार भिडियो संवादमार्फत खानलाई सगरमाथामा माउन्टेन फ्लाइटको निम्ता दिँदै नेपालको पर्यटनको विकासमा सहयोगको लागि आग्रह गरेका हुन्।

‘हाम्रो देशमा तपाईंका धेरै फ्यान छन्। यदि तपाईको समय मिल्यो भने म तपाईंसँगै हेलिकप्टरमार्फत सगरमाथाको आरोहण गराउन चाहन्छु,’ मन्त्री आलेले भने। त्यसपछि जवाफमा सलमानले समय मिलाएर आफू सगरमाथा घुम्न आउने बताए।

साथै, फिल्म सुटिङको लागि नेपालमा आउन समेत आलेले सलमानसँग आग्रह गरेका छन्। सोही क्रममा सलमानले 'बुलन्द' फिल्मको सुटिङको लागि नेपाल आएता पनि फिल्म प्रदर्शनमा नै नभएको स्मरण गरेका थिए। त्यसपछि भने कहिल्यै नेपाल आउन नजुरेको समेत सलमानको भनाइ थियो।

सलमान आगामी जेठ १४ गते दशरथ रंगशालामा हुने शो ‘दबगं लाइभ इन नेपाल’को लागि आउँदैछन्। धेरैपछि नेपाल आउन पाउँदा आफू निकै उत्साहित रहेको समेत उनले बताए। नेपालीलाई आफूले सक्दो मनोरञ्जन दिने समेत उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell