PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

पार्टीमा कमजोरी देखिएको स्थानमा सुधार गर्न ओलीको निर्देशन



पहिलोपोस्ट

पार्टीमा कमजोरी देखिएको स्थानमा सुधार गर्न ओलीको निर्देशन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कमजोरी देखिएको स्थानमा सुधार गर्नुपर्ने बताएका छन्। केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले भने, ‘जहाँ हामी कमजोर देखिएका छौं त्यहाँ जसरी पनि सुधार्नुपर्छ।’

स्थानीय तह निर्वाचन लक्षित केन्द्रीय कमिटी बैठकमा विभिन्न ११ एजेन्डाहरुमा छलफल हुने तय भएको छ। आउने निर्वाचनमा पार्टीलाई बलियो बनाएर सुधारको बाटोमा लाग्न दुई महिनाको अवधी पर्याप्त भएको समेत ओलीले बताएका छन्।

‘सबै रातदिन भनेर लाग्नुस। ठूलो सकारात्मक भूमिका खेल्न सक्छौं। निर्वाचनको तयारीका लागि कहाँ कहाँ के गर्नुपर्छ लाग्नुहोला,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell