PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

पार्टी देशभर बलियो बन्दै गइरहेको एमालेको ठहर, 'हजारौं हजार एमाले प्रवेश गरिरहेका छन्'



पहिलोपोस्ट

पार्टी देशभर बलियो बन्दै गइरहेको एमालेको ठहर, 'हजारौं हजार एमाले प्रवेश गरिरहेका छन्'

काठमाडौं : नेकपा एमालेले देशभर आफ्नो पार्टी बलियो बन्दै गइरहेको दाबी गरेको छ। आज बसेको केन्द्रीय कमिटीको बैठकमा सातवटा प्रदेश कमिटीका अध्यक्षहरुले प्रदेशको राजनीतिक अवस्थाबारेको रिपोर्टिङ गरेका थिए।

आजको बैठक सम्पन्न भएपछि पार्टी प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सबै प्रदेशमा एमाले प्रवेश गर्नेहरुको लहर चलेको बताएका हुन्।

‘सबै प्रदेशका अध्यक्षहरुले आज रिपोर्टिङ गर्नुभयो। हजारौं हजार मानिस एमाले प्रवेश गरिरहेका छन्। सबै प्रदेशमा एमाले पहिलो स्थानमा छ। कांग्रेस दोस्रोमा छ। मधेश प्रदेशमा राजनीतिक अवस्था सुन्तुलित छैन,’ गुरुङले भने। यस्तै, पार्टी हेडक्वाटर र विभागको रिपोर्ट महासचिव शंकर पोखरेलले पेश गरेका थिए।

स्थानीय निर्वाचन केन्द्रित बैठक आज र भोलिको तय भएको हो। बैठकमा ११ वटा एजेन्डाबारे छलफल हुने गुरुङले बताए।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। ओलीले महाधिवेशनदेखि देखि हालसम्मको राजनीतिक अवस्थाबारे पार्टीको धारणा प्रस्तुत गरेको गुरुङले बताए।

अध्यक्ष ओलीले पेश गरेको प्रतिवेदनमाथि भोलि लिखित सुझाव बुझाउन समय छुट्याइएको उनले बताए। भोलि बांकी रहेका ९ वटा एजेन्डामा छलफल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell