PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

५२ जना संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश



पहिलोपोस्ट

५२ जना संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले संवैधानिक आयोगका पदाधिकारी नियुक्ति बदरको माग गर्नै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको बेला विभिन्न संवैधानिक आयोगमा ५२ जना पदाधिकारी नियुक्त गरेका थिए। उनीहरुलाई काम गर्नबाट रोक्न सर्वोच्चमा रिट परेको थियो। रिटमा गैरसंवैधानिक अध्यादेशबाट गरिएको नियुक्त बदर गर्न माग गरिएको थियो। तत्काललाई नियुक्ति भएका व्यक्तिलाई काममा नलगाउनू र नियुक्ति यथास्थितिमा राख्न अन्तरिम आदेश माग गरिएको थियो। तर, सर्वोच्चले भने अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

आजको फैसलासँगै ५२ जना पदाधिकारीको पद कायम हुने भएको छ।

प्रतिनिधिसभा विघटनको समयमा संवैधानिक आयोगमा सिफारिस गरेकाहरु संसदीय सुनुवाइ बिनै नियुक्त भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell