PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

निवेदकले विपक्षी नबनाएका ५२ पदाधिकारीलाई सर्वोच्चले किन कायम गर्‍यो विपक्षी?



पहिलोपोस्ट

निवेदकले विपक्षी नबनाएका ५२ पदाधिकारीलाई सर्वोच्चले किन कायम गर्‍यो विपक्षी?

काठमाडौँः रिट निवेदकले विपक्षी नबनाएका संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारीलाई सर्वोच्चले आदेशबाट विपक्षी कायम गरेको छ। संवैधानिक इजलासले अध्यादेश र विवादित निर्णय बदरसँग सार्थक सम्बन्ध रहेका पदाधिकारीलाई निवेदकहरुले विपक्षी नबनाएको भन्दै आदेशबाट विपक्षी कायम गरेको हो।

५२ जना नै पदाधिकारीलाई विपक्षी कायम गर्दै अदालतले नियुक्तिबारे लिखित जवाफ समेत माग गरेको छ।

प्रत्यक्ष सरोकार राख्ने पदाधिकारीलाई समेत सुनुवाइको मौका प्रदान गर्नुपर्ने भन्दै इजलासले विपक्षी कायम गरेको आदेशमा उल्लेख छ।

आदेशमा भनिएको छ, ‘यस अदालतले अनुसरण गरी आएको न्यायिक मान्यता वा सिद्धान्तका दृष्टिले हेर्दा पनि विवादसँग प्रत्यक्ष र सार्थक सरोकार राख्ने व्यक्तिहरुलाई प्रत्यार्थीको रुपमा कायम गरी सुनुवाइको मौका प्रदान गर्नु मनासिब देखिएकाले सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १९ को उपनियम (३) बमोजिम संवैधानिक परिषदको सिफारिस बमोजिम २०७७/१०/२१ मा नियुक्त ३२ जना र मिति २०७८/०३/१० मा नियुक्त २० जना गरी कूल ५२ जना संवैधानिक नियकाका पदाधिकारीलाई प्रत्यार्थीको रुपमा समावेश गर्नेगरी यो आदेश गरिएको छ।’

अदालतले मुद्दालाई अग्राधिकार समेत दिएको छ। यस्तै, लिखित जवाफ पेश गर्ने समय पनि सात दिनमात्र दिएको छ। नियुक्ति सम्बन्धी सबै सक्काल कागजात पनि इजलासले माग गरेको छ।

पढ्नुस् आदेश

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell