PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास रोक्न माग गरेको रिट खारेज



पहिलोपोस्ट

प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास रोक्न माग गरेको रिट खारेज

काठमाडौँः प्रधानन्यायाधीश बिना संवैधानिक इजलास बस्न नसक्ने मागसहित सर्वोच्चमा विचाराधीन दुई रिट निवेदन खारेज गरिएको छ। संवैधानिक इजलासले निवेदकहरु डा. गणेश रेग्मी र दिपकविक्रम मिश्रको रिट खारेज गरेको हो। 

कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको इजलासले रिट खारेज गरेको हो। 

प्रधानन्यायाधीशको अध्यक्षतामा मात्र इजलास गठनको संवैधानिक व्यवस्था रहेको भन्दै सोही अनुसार मात्र इजलास गठनको माग गर्दै रिट दायर भएका थिए। 

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश हरि फुयालको एकल इजलासले भदौ १७ गते विवादको निरुपण नभएसम्म संवैधानिक इजलासमा विचाराधीन मुद्दा सुनुवाइ नगर्न नै आदेश गरेको थियो। उक्त आदेश विवादमा समेत परेको थियो। 

सोही कारण झन्डै ६ महिना संवैधानिक इजलास बस्न सकेको थिएन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell