हेटौँडाः वाग्मती प्रदेशका ६ जिल्लामा बर्डफ्लू रोगको संक्रमण फैलिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा संक्रमण देखिएको हो।
मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार बर्डफ्लूका कारण हालसम्म करिब ३ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।
संक्रमण देखिएका स्थानहरुमा हालसम्म ५८ हजार २६१ पंक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४३९ केजी दाना सुरक्षित तवरबाट नष्ट गरिएको पाण्डेले बताए।
संक्रमण देखिएका स्थानमा पूर्णरुपमा निसंक्रमणका कार्य गरिएको र अन्यत्र फैलन नदिन नमूना संकलन र निगरानीका कार्य भइरहेको पनि पाण्डेले बताए।