PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

सडक कालोपत्रे नभएपछि थलीमा उत्रिए स्थानीय, बाटो गराए बन्द

सडक कालोपत्रे नभएपछि थलीमा उत्रिए स्थानीय, बाटो गराए बन्द

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : समयमा नै सडक कालोपत्रे नभएको भन्दै स्थानीयवासी जोरपाटी- साँखु सडकको थली क्षेत्रमा यातायात अवरोध गरेका छन्।

बिहानैदेखि थली चोकमा जम्मा भएर स्थानीयले सडक अवरुद्ध गरेर चाँडो सडक निर्माण गर्नुपर्ने भन्दै बाटो रोकेका हुन्। वर्षौ बितिसक्दा पनि सडक कालोपत्रे नभएपछि उनीहरुले आज प्रदर्शन गरेका हुन्। सडक अवरुद्ध भएपछि एमाले प्रदेश सांसद रामेश्वर फुयाल पुगेका थिए। उनले भोलिसम्म बन्द नगर्न र वार्ताबाट समधान खोज्न आग्रह समेत गरेका थिए। तर, सांसदबाट पटकपटक आश्वासन पाए पनि काम नभएको भन्दै उनकै विरुद्ध नाराबाजी भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell