PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

चुनावी क्षेत्रमा प्रचण्ड, चेपाङ बस्तीदेखि पुल र सडकको उद्घाटन



पहिलोपोस्ट

चुनावी क्षेत्रमा प्रचण्ड, चेपाङ बस्तीदेखि पुल र सडकको उद्घाटन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आफ्नो निर्वाचन क्षेत्रको दौडाहमा पुगेका छन्। 

बिहीवार चितवन क्षेत्र नम्बर ३ मा रहेको माडी नगरपालिकामा पुगेर प्रचण्डले नमुना चेपाङ बस्तीको उद्घाटन गरेका छन्। माडी नगरपालिका वडा नम्बर ९ को राई डाँडामा निर्वाचन क्षेत्र विकास कोषबाट कुसुमखोला नमुना चेपाङ बस्ती आवास कार्यक्रमको उद्घाटन गरेका छन्। 

यस क्षेत्रमा ४१ परिवारका लागि घर निर्माण हुँदै छन्। जसमध्ये १८ घर निर्माण सम्पन्न भएका छन्। 

त्यस्तै, प्रचण्डले बिहीवार नै परवी खोला पुलको उद्घाटन समेत गरेका छन्। त्यस्तै, उनले माडी नगरपालिका वडा नं. २ मा कालपत्रे सडकको समेत उद्घाटन गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell