PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

युक्रेन-रसिया युद्धको एक महिना : विश्वभरका नागरिकलाई सडकमा उत्रिएर प्रदर्शन गर्न जेलेनस्कीको आह्वान



पहिलोपोस्ट

युक्रेन-रसिया युद्धको एक महिना : विश्वभरका नागरिकलाई सडकमा उत्रिएर प्रदर्शन गर्न जेलेनस्कीको आह्वान
Photo : Ukraine President Office

रसियाले युक्रेनमाथि आक्रमण गरेको एक महिना पुगेको छ। पूर्वी युक्रेनको दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै रसियाले युक्रेनमाथि आक्रमण गरेको थियो। युद्ध सुरु भएसँगै लाखौं युक्रेनी नागरिक पलायन भएका छन्। यस्तै, दुवै तर्फबाट हजारौंको मृत्यु भएको दाबी गरिएको छ।

युद्ध भएको एक महिना पूरा हुँदा युक्रनी राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले विश्वभरका नागरिकलाई सडकमा आएर प्रदर्शन गर्न आह्वान गरेका छन्। उनले अहिले रसियाले गरेको आक्रमण युक्रेनविरुद्ध मात्रै नभएको भन्दै विश्वभरका मानिसहरुको स्वतन्त्रताविरुद्ध रहेको बताएका छन्।

ब्रसेल्समा नेटो सम्मेलन हुन केही घण्टा बांकी रहँदा जेलेनस्कीले यस्तो आह्वान गरेका हुन्। युक्रेनले आफूले नेटोको सदस्यता पाउनुपर्ने बताउँदै आएको छ। तर, नेटोले तत्काल युक्रेनलाई सदस्यता दिने विचार नबनाएको बताइन्छ।

रसिया र युक्रेनबिच युद्धको समयमा कयौंपटक वार्तासमेत भएको थियो। तर, त्यसबाट कुनै निष्कर्ष निस्कन सकेन। वार्ताका क्रममा रसियाले आफूले स्वतन्त्र राज्य घोषणा गरेको दुई क्षेत्रलाई दिएको मान्यता दिन र नेटोको सदस्यता नलिन युक्रेनलाई दबाब दिँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell