PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

पल शाह प्रकरण : अदालतमा थुन्छेक बहस, पलका पक्षमा बहस गर्न काठमाडौंबाट जाँदै वकिल



पहिलोपोस्ट

पल शाह प्रकरण : अदालतमा थुन्छेक बहस, पलका पक्षमा बहस गर्न काठमाडौंबाट जाँदै वकिल

काठमाडौं : अभिनेता पल शाह विरुद्ध अदालतमा परेको मुद्दामा आज पनि बहस जारी छ। बुधवार शाहको पक्षमा तीन जना अधिवक्ताले बहस गरेका छन्।

अहिले पनि जिल्ला अदालत तनहुँमा बहस जारी छ। सरकारी वकिल कार्यालयले मंगलवार जिल्ला अदालतमा तनहुँमा मुद्दा दर्ता गरेको थियो।

दाङ घर भएका ३२ वर्षीय शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। मंगलवार नै शाहको बयान गरिएको थियो। बुधवार जोशी बयानपछि थुनछेक बहस सुरु गरिएको हो। बुधवार पीडित पक्षका वकिलहरुले बहस गरेका थिए। अहिले प्रतिवादीका तर्फबाट बहस भइरहेको छ।

प्रतिवादीका तर्फबाट बहस गर्न अहिलेसम्म १० जना अधिवक्ताले नाम टिपाइसकेका छन्। त्यस्तै पलका पक्षमा वकालत गर्न काठमाडौंबाट केही वकिलहरु जाने तयारी रहेको छ।

'अहिलेसम्म १० जनाले नाम आइसकेको छ। अरु वकिलहरु पनि काठमाडौंबाट हिड्नु भयो भन्ने छ। त्यसैले अहिले नै यतिजना भन्ने छैन,' जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीनबहादुर कुँवरले भने।

बुधवार पीडितका पक्षबाट सात जना वकिलले बहस गरेका छन्। सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्मादेखि मोहना अन्सारीसम्मले बहस गरेका हुन्। अधिवक्ताको सङ्ख्या थपिँदै जाँदा आज पनि बहस लम्बिने देखिएको छ।

आज थुनछेक बहस सकिए प्रतिवादी शाह र जोशीलाई धरौटीमा रिहा गर्ने, पूर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारिकमा छोड्ने आदेश आउने छ। तर, तीन वर्षभन्दा बढी सजाय हुने केसमा साधारण तारिक र धरौटीमा रिहा गर्ने सम्भावना कम नै देखिन्छ।

२०७८ वैशाख १४ गते तनहुँको दुलेगैँडास्थित एक घरमा बास बसेको समयमा १८ वर्षभन्दा कम उमेरी किशोरीलाई प्रेम जालमा पारेर करणी गरेको आरोप लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell