PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

विवेकशील साझाका नेताहरु एमालेमा प्रवेश



पहिलोपोस्ट

विवेकशील साझाका नेताहरु एमालेमा प्रवेश

काठमाडौं : विवेकशील साझा पार्टीका नेता दिपेश वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीका खादा लगाएर उनलाई स्वागत गरेका हुन्। उनी गएको प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ (क) प्रदेशसभाको उम्मेद्वार थिए।

यस्तै,विवेकशील साझाका वाग्मती प्रदेश सम्पदा विभाग प्रमुख सुमित दास रञ्जितकार पनि एमालेमा प्रवेश गरेको केन्द्रीय सदस्य राजन भट्टराईले जानकारी दिए। भट्टराईले उनीहरु सहित सयौं कार्यकर्ता एमालेमा प्रवेश गरेको दाबी गरेका छन्।

एमालेले स्थानीय तहको निर्वाचनलाई केन्दित गरेर पार्टी प्रवेशको अभियान चलाइरहेको छ। माओवादी केन्द्र, विवेकशील साझा लगायतका पार्टीबाट एमालेमा नेता/कार्यकर्ताहरुले प्रवेश गरिरहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell