PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

निर्वाचन आयोगले तुरुन्त सनाखत गरेको भए अहिले एमाले रहन्न थियो : प्रचण्ड



पहिलोपोस्ट

निर्वाचन आयोगले तुरुन्त सनाखत गरेको भए अहिले एमाले रहन्न थियो : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३० गतेका लागि तय स्थानीय तह निर्वाचन सामान्य चुनाव नभएको बताएका छन्। आज चितवनको माडीमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा जित हार हुने भए पनि आफूहरुका लागि स्थानीय निर्वाचन महत्वपूर्ण हुने बताएका हुन्।

प्रचण्डले आउने निर्वाचनमा माडी सबैका लागि उदाहरणीय हुनुपर्ने समेत बताए। ‘निर्वाचन आउँछ जान्छ। जित र हार हुन्छ तर हाम्रो लागी यो निर्वाचन सामान्य चुनाव मात्र होइन,’ उनले भने, ‘माओवादीले जित्दा मात्र संघीयता, लोकतन्त्र, गणतन्त्रको रक्षा हुनेछ। माडीलाई उदाहरण बनाउनुस।’

उनले निर्वाचन आयोगले सनाखत गरेको भए अहिले नेकपा एमाले अस्तित्वमा नहुने दाबी समेत गरे। प्रतिक्रियावादीहरुको षड्यन्त्रमा दुईपटक प्रतिनिधिसभा विघटन गरिएको उनको आरोप थियो।

भने, ‘आयोगले तुरुन्त सनाखत गरेको भए एमाले भन्ने पार्टी रहने थिएन। हामी नेकपाका आधिकारिक नेता कार्यकर्ता हुन्थ्यौ तर देशीविदेशी प्रतिक्रियावादीको षड्यन्त्रमा यसलाई उल्टाइयो। त्यसपछि दुइपटकका प्रतिगमनलाई हामीले आन्दोलनबाट पराजित गर्‍यौं।’

उनले अहिले पनि प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिको षड्यन्त्र जारी रहेको बताए। एमालेलाई लक्षित गर्दै उनले संसद अवरोध गरिनु प्रतिगमन नै भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell