काठमाडौः नेपाल विद्युत प्राधिकरणले भारतबाट प्रति युनिट ३८ रुपैयाँ विद्युत किन्ने भएको छ।
बिहीवार प्राधिकरणले पत्रकार सम्मेलन गर्दै आज राति १२ बजेर १५ मिनेटपछि ३८ रुपैयाँ युनिटमा विद्युत किन्न लागिएको प्राधिकरणका प्रमुख कुलमान घिसिङले जानकारी दिए। केही दिनदेखि भारतबाट विद्युत किन्न बिडिङ गर्दा हालेको रुपैयाँमा नपाएकाले समस्या देखिएको उनले जानकारी दिए।
अब कुनै पनि क्षेत्रमा लोडसेडिङ नहुने घिसिङले दावी गरेका छन्। जेठमा उत्पादन बढ्ने भएकाले कुनै पनि समस्या नपर्ने समेत जानकारी दिए। असार देखि ४ देखि ५ सय मेगावट बिक्री गर्न सकिने गरी उत्पादन हुने समेत उनले जानकारी दिए। आज १२ बजेबाट कुनै पनि उद्योगलाई लोडसेडिङ नहुने घिसिङले बताए। महँगोमा विद्युत किने पनि सेवाग्राहीलाई लिने मुल्य भने नबढ्ने घिसिङले बताए।
'आजदेखि कुनै पनि ठाउँमा लोडसेडिङ हुँदैन,' निर्देशक घिसिङले भने। यसअघि एक मेगावाटभन्दा बढी विद्युत खपत हुने उद्योगमा बिजुली दिन प्राधिकरणले बन्द गरेको थियो। नाफा बचाउन प्राधिकरणले लिएको रणनीतिको सबैतिरबाट आलोचना भएको थियो।