PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

फिल्म ‘सरी मम्’को छायाङ्कन सुरु



पहिलोपोस्ट

फिल्म ‘सरी मम्’को छायाङ्कन सुरु

काठमाडौं : फिल्म ‘सरी मम्’को छायाङ्कन सुरु भएको छ। बिहीवार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको छ।

क्यामेरा पूजा गर्दै थालिएको छायाङ्कन अभिनेत्री सरीता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिएका थिए। विनोद लामाको प्रस्तुतिमा निर्माण हुने फिल्ममा सरीता र प्रभातका अलवा सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाई र प्रविल कटुवालको अभिनय रहने छ।

फिल्मको सम्पूर्ण छायाङ्कन वाग्मती र गण्डकी प्रदेशमा गरिनेछ। ३० दिनको छायाङ्कन सेड्युल राखिएको फिल्ममा दीर्घ गुरुङको छायाङ्कन रहनेछ।

एनएफआई क्रियसनको ब्यानरमा निर्माण हुने फिल्ममा नवीन बोगटीले निर्देशन गर्नेछन्। उनले यसै फिल्ममार्फत निर्देशनमा डेब्यू गरेका हुन्। सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मलाई आगामी वर्षको दशैँ र तिहारको बिचमा रिलिज गरिने निर्माता विनोद लामाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell