PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

पल शाहलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश, म्यानेजर जोशीसँग १ लाख धरौटी माग



पहिलोपोस्ट

पल शाहलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश, म्यानेजर जोशीसँग १ लाख धरौटी माग

काठमाडौं : जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले बिहवार थुनछेक बहसपछि शाहलाई थुनामा पठाउन आदेश गरेको जिल्ला अदालतका सुचना अधिकारी हरिशचन्द्र गौतमले बताए। त्यस्तै शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई एक लाख रुपैयाँ धरौटीमा रिहाको आदेश दिएको छ।

जिल्ला अदालतमा दाङ घर भएका ३२ वर्षीय शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। मंगलवार नै शाहको बयान गरिएको थियो। बुधवार जोशी बयानपछि थुनछेक बहस भएको थियो। २०७८ वैशाख १४ गते तनहुँको दुलेगैँडास्थित एक घरमा बास बसेको समयमा १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई प्रेम जालमा पारेर करणी गरेको आरोप लागेको छ।

शाहले १५ वर्ष ९ महिना ११ दिनकी किशोरीलाई प्रेम जालमा पारेर जबर्जस्ती करणी गरेको आरोप लागेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell