PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

नेपाली फुटबल टोली थाइल्याण्डसँग पराजित



पहिलोपोस्ट

नेपाली फुटबल टोली थाइल्याण्डसँग पराजित
फाइल फोटो: एन्फा

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्डसँग पराजित भएको छ। थाइल्याण्डस्थित चोनबुरी स्टेडियममा सम्पन्न मैत्रीपूर्ण खेलमा घरेलु टोलीले नेपालमाथि २-० गोलअन्तरको जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दुबै गोल थाइल्याण्डले दोस्रो हाफमा गरेको थियो। खेलको ७७ औं मिनेटमा फिलिप रोलेरको गोलमा अग्रता बनाएको थाइल्याण्डका लागि दोस्रो गोल ८९ औं मिनेटमा चाओवाट वीराचार्टले गरे।

यो सँगै थाइल्याण्डले आफ्नो अपराजित यात्राको संख्या ९ पुर्‍याएको छ।थाइल्याण्ड फिफा वरीयतामा १ सय १२ औं स्थानमा छ भने नेपाल १६७ औं स्थानमा छ।

नेपाली टोलीले अर्को खेल थाइल्याण्डको स्थानीय क्लब चोनबुरीसँग खेल्नेछ।

थाइल्याण्डसँगको यो खेललाई अगामी एएफसी कप क्वालिफायर्सको तयारीका रुपमा हेरिएको छ। एएफसी एसियन कप २०२३ को छनोटमा नेपाल समूह 'ए' मा परेको छ। नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया समूह 'ए' मा छन्। यो समूहका खेलहरु कुवेतमा हुनेछन्। नेपालले जोर्डनसँग जुन ८ तारिख, कुवेतसँग ११ तारिख र इन्डोनेसियासँग १४ तारिखमा खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell